(नियम ५६ को उपनियम (2) सँग सम्बन्धित)
श्रम अडिट प्रतिवेदन
मिति:-
| प्रतिष्ठानको नामः
ठेगानाः प्रतिष्ठानले गरि आएको मुख्य कामः |
|||||
| श्रमिकको सङ्ख्यात्मक विवरण | |||||
| नियमित रोजगारीमा रहेको श्रमिक सङ्ख्याः
कार्यगत रोजगारीमा रहेको श्रमिक सङ्ख्याः समयगत रोजगारीमा रहेको श्रमिक सङ्ख्याः आंशिक रोजगारीमा रहेको श्रमिक सङ्ख्याः कुल कार्यरत श्रमिक सङ्ख्याः यसवर्षमा आकस्मिक रोजागारीमा श्रमिकलाई काममा लगाएको भए सोको अनुमानित सङ्ख्याः |
महिला श्रमिक सङ्ख्याः
पुरुष श्रमिक सङ्ख्याः अन्य श्रमिक सङ्ख्याः विदेशी श्रमिक सङ्ख्याः व्यवस्थापकीय श्रमिक सङ्ख्याः तालिमी श्रमिक सङ्ख्याः प्रशिक्षार्थीको सङ्ख्याः श्रम आपूर्तिकर्ता मार्फत कार्यरत श्रमिक सङ्ख्याः |
||||
| श्रम ऐन,२०७४, श्रम नियमावली, २०७५ को पालना भए नभएको सम्बन्धमाः | |||||
| क्रम संख्या | प्रतिवेदनमा समावेश हुनुपर्ने विषयहरु | पालना भएको छ,छैन।
(प्रतिष्ठानसँग सम्बन्धित नभएमा “असम्बन्धित“ भनी लेख्ने) |
कैफियत | ||
| १. | ऐनको दफा ११ बमोजिम सबै प्रकारको रोजगारीमा रहेका श्रमिकसँग रोजगार सम्झौता गरिएको वा नियुक्ति पत्र प्रदान गरिएको छ वा छैन ॽ छैन भने कति जनालाई किन प्रदान नगरिएको हो कारण खुलाउने। | ||||
| २. | विदेशी नागरिकलाई काममा लगाएको भए ऐनको परिच्छेद–६ र नियमावलीको परिच्छेद–३ बमोजिम विदेशीलाई काममा लगाउदा श्रम इजाजत लिइएको छ वा छैन ? छैन भने किनॽ छ भने कति जनालाई लिइएको छ, खुलाउने। | ||||
| ३. | १८ वर्ष पूरा नभएका कुनै बालबालिकालाई काममा लगाइएको छ वा छैन ? छ भने कसरी के काममा लगाइएको छ खुलाउने। | ||||
| ४. | प्रशिक्षार्थीलाई काममा लगाइएको अवस्थामा ऐनको दफा १६ तथा १७ को पालना गरिएको छ वा छैन ? | ||||
| ५. | तालिमीलाई काममा लगाइएको छ वा छैन ? तालिमीलाई काममा लगाउँदा ऐनको दफा १८ बमोजिम पारिश्रमिक वा सुविधा अन्य श्रमिक सरह दिइएको छ वा छैन ? | ||||
| ६. | आंशिक रोजगारीमा श्रमिक कार्यरत छन् वा छैनन् ? भएमा ऐनको परिच्छेद–५ बमोजिम सुविधा तथा सामाजिक सुरक्षा प्रदान गरिएको छ वा छैन? | ||||
| ७. | ऐनको दफा २८ बमोजिम श्रमिकलाई दैनिक आठ घण्टा र सप्ताहमा अठचालिस घण्टा भन्दा बढि काममा लगाउने गरिएको छ वा छैन ? | ||||
| ८. | पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिने गरिएको छ वा छैन ? कार्यसमय भन्दा बढि काम गरेमा दफा ३१ बमोजिम अतिरिक्त पारिश्रमिक दिने वा सुविधा दिने गरिएको छ वा छैन ? | ||||
| ९. | महिलालाई सूर्यास्त पछि वा सूर्योदय अघिको समयमा काममा लगाउँदा ऐनको दफा ३३ बमोजिम यातायात र सुरक्षाको प्रबन्ध गरिएको छ वा छैन ? | ||||
| १०. | न्युनतम पारिश्रमिक भन्दा कम हुने गरी कुनै श्रमिकलाई पारिश्रमिक प्रदान गरिएको छ वा छैन ? | ||||
| ११. | प्रतिष्ठानको औसत मासिक पारिश्रमिक दर कति हो ? (आधारभुत पारिश्रमिक, भत्ता र सुविधा सहितको औसत अङ्क उल्लेख गर्ने) | ||||
| १२. | ऐनको दफा ३६ बमोजिमको वार्षिक तलववृद्धि (ग्रेड) दिने गरिएको छ वा छैन ? | ||||
| १३. | पारिश्रमिक भुक्तानीको अवधिको अन्तर एक महिनाभन्दा बढी हुने गरेको छ वा छैन ?(छ भने कारण उल्लेख गर्ने) | ||||
| १४. | ऐनको दफा ३७ बमोजिम चार्डपर्व खर्च श्रमिकलाई प्रदान गर्ने गरिएको छ वा छैन? | ||||
| १५. | ऐनको परिच्छेद–९ बमोजिम निम्न बिदाहरु श्रमिकलाई कति दिन दिने गरिएको छ ? (सङ्ख्या उल्लेख गर्ने)
साप्ताहिक बिदाः सार्वजनिक बिदाः घर बिदाः बिरामी बिदाः प्रसुति बिदाः प्रसुति स्याहार बिदाः किरिया बिदाः सट्टा बिदाः |
||||
| १६. | ऐनको दफा ५२ बमोजिम प्रत्येक श्रमिकलाई (नियमित रोजगारी, कार्यगत रोजगारी, समयगत रोजगारी, आंशिक समयको रोजगारी र आकस्मिक रोजगारीमा काम गर्ने) संचयकोष वा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने गरिएको छ वा छैन ? जम्मा नगरेको भए सो रकम कहाँ प्रयोग गरिएको छ खुलाउने। | ||||
| १७. | ऐनको दफा ५३ बमोजिम प्रत्येक श्रमिकलाई (नियमित रोजगारी, कार्यगत रोजगारी, समयगत रोजगारी, आंशिक समयको रोजगारी र आकस्मिक रोजगारीमा काम गर्ने) उपदान वा सामाजिक सुरक्षाकोषमा रकम जम्मा गर्ने गरिएको छ वा छैन? सामाजिक सुरक्षाकोषमा जम्मा नगरेको सो रकम कहाँ प्रयोग गरिएको छ खुलाउने। | ||||
| १८. | ऐनको दफा ५४ बमोजिम औषधि उपचार बीमा गरिएको छ वा छैन ? | ||||
| १९. | ऐनको दफा ५५ बमोजिम जुनसुकै प्रकारको दुर्घटना समेट्ने गरी बीमा गरिएको छ वा छैन ? | ||||
| २०. | श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिक कार्यरत छन् वा छैनन्?
ती श्रमिक आपूर्तिकर्ता कम्पनीले ऐनको दफा ५९ बमोजिम अनुमति लिएको छ वा छैन ? अनुमति लिएको भए अनुमति नम्बर र मिति आपूर्तिकर्ता मार्फत कार्यरत श्रमिकले न्यूनतम पारिश्रमिक, सुविधा तथा ऐन र नियमावली बमोजिमको न्यूनतम स्तर प्राप्त भएको छ वा छैन ? यसको नियमित अनुगमन गरिएको छ वा छैन ? |
||||
| २१. | ऐनको दफा ६८ बमोजिम सुरक्षा र स्वास्थ्य नीति तर्जुमा गरी कार्यान्वयन गरिएको छ वा छैन ? | ||||
| २२. | ऐनको दफा ७४ बमोजिम सुरक्षा र स्वास्थ्य समिति गठन भै नियमित रुपमा बैठक तथा निर्णय हुने गरेको छ वा छैन? | ||||
| २३. | ऐनको दफा १०८ बमोजिम प्रतिष्ठानले आन्तरिक व्यवस्थापनको लागि विनियमावली बनाएको छ वा छैन? | ||||
| २४. | विनियमावली श्रम कार्यालयमा दर्ता गर्ने र श्रमिकलाई वितरण गरिएको छ वा छैन ? श्रम कार्यालयमा दर्ता भएको भए दर्ता मिति र दर्ता नम्बर उल्लेख गर्ने। | ||||
| २५. | ऐनको दफा १११ बमोजिम प्रतिष्ठानमा श्रम सम्बन्ध समिति गठन गरी नियमित रुपमा बैठक हुने गरेको छ वा छैन ?
आर्थिक वर्षमा अन्तिम पटक बैठक भएको मिति उल्लेख गर्ने। |
||||
| २६. | ऐनको दफा ११२ बमोजिम कार्यसम्पादन मुल्याङ्कन प्रणाली लागु गरिएको छ वा छैन ? | ||||
| २७. | ऐनको दफा ११३ बमोजिम व्यक्तिगत मागदाबी पेश भए वा भएनन् ? माग दाबी पेश भएकोमा कति वटा दाबी व्यवस्थापकसँगको छलफलबाट समाधान भए ? सङ्ख्या उल्लेख गर्ने। | ||||
| २८. | यो आर्थिक वर्षमा सामुहिक माग दाबी पेश भए वा भएन? | ||||
| २९. | मागपत्र पेश भएको भए कहिले पेश भएको थियो ? मिति उल्लेख गर्ने ? वार्ता जारी रहेको वा सम्झौता भैसकेको भए अवस्था उल्लेख गर्ने।सम्झौता भएको भए सम्झौताको मिति ? सामुहिक सौदाबाजीको क्रममा हडताल वा तालाबन्दी भयो भएन ? अन्य कुनै उल्लेख गर्नुपर्ने कुरा भए सो व्यहोरा ? | ||||
| ३०. | श्रम ऐन बमोजिम भएको सम्झौता, निर्णय वा फैसला कार्यान्वयन हुन बाँकी छ वा छैन ? भएमा कहिलेसम्म कार्यान्वयन हुन्छ खुलाउने। | ||||
| योगदानमा आधारित सामाजिक सुरक्षा ऐन,२०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७४ | |||||
| १. | सामाजिक सुरक्षा कोषमा पंजीकरण भएको छ वा छैन ? | ||||
| २. | सामाजिक सुरक्षा कोषमा योगदान जम्मा गर्ने गरिएको छ वा छैन ? | ||||
| बोनस ऐन, २०३० तथा बोनस नियमावली, २०३९ | |||||
| १. | प्रतिष्ठानले बोनस ऐन,२०३० बमोजिम बोनस वितरण गर्नुपर्छ वा पर्दैन? | ||||
| २. | वोनस वितरण गर्नुपर्ने भए सो बमोजिम वितरण गरिएको छ वा छैन ? | ||||
| ३. | गत आर्थिक वर्षको वोनस वितरण गर्न बाँकी छ वा छैन ? | ||||
| ट्रेड युनियन ऐन,२०४९ तथा ट्रेड युनियन नियमावली, २०५० | |||||
| १ | प्रतिष्ठानमा प्रतिष्ठानस्तरको ट्रेडयुनियन स्थापना भएको छ वा छैन ? | ||||
| २. | आधिकारीक ट्रेडयुनियनको निर्वाचन भएको छ वा छैन ? | ||||
| अन्य विषयहरुः प्रतिष्ठानले आवश्यक विषय थप गर्न सक्ने | |||||
| १. | व्यवसाय जन्य सुरक्षा र स्वास्थ्य नीति लागु भए नभएको अडिट गर्ने छुट्टै व्यवस्था छ वा छैन ? | ||||
| सुधार गर्नुपर्ने विषयहरुमा सुझाव भए उल्लेख गर्ने | |||||
| १. | |||||
| २. | |||||
| ३. | |||||
| विवरण भर्नेको नाम:-
पद:- हस्ताक्षर:- मिति:- |
विवरण स्वीकृत गर्नेको नाम:-
पद:- हस्ताक्षर:- मिति:- |